आधारभूमि संवाददाता
काठमाडौ, १५ जेठ
सरकारले आर्थिक बर्ष २०७८/७९को बजेमा कुल बजेटको १ खर्व ८० अर्व ४ करोड शिक्षा क्षेत्रमा छुट्याएको छ । कुल बजेटको सबै भन्दा बढि बजेट शिक्षा क्षेत्रमा छुट्याएको हो ।
शनिवार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको अनुमानित आयव्यय विवरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तर्फ १ खर्व ८० अर्व ४ करोड बजेट विनियोजन भएको छ ।
गत बर्ष १ खर्व ७१ अर्व ७१ करोड २२ लाख बजेट विनियोजन गरिएको थियो ।
मन्त्री पौडेलका अनुसार सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई सरकारले ल्यापटप किन्न उपलव्ध गराईने ८० हजार रुपैँया २ वर्ष सम्मका लागि दिने र त्यसमा १ प्रतिशत कर्जा दिने भएको छ ।
बैकल्पीक सिकाईमा सहयोग पुर्याउन कर्जा दिने सकारले बजेट बक्तव्य मार्फत घोषणा गरेको हो । साथै १६ बर्ष माथिक विद्यार्थीका लागि नि शुल्क सिम कार्ड वितरण गर्ने उल्लेख गरेका छन् ।
यसै गरी स्नातक वा सो भन्दा माथिका विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत व्याजदरमा २५ लाख रुपैँया सम्मको सहुलियत पुर्ण कर्जा दिने खलाईएको छ ।