काठमाडौ, जेठ १५
आगामी आर्थिक बर्ष २०७८–०७९ मा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुुई लाख युवायुवातीहरुलाई प्रत्यक्षरुपमा रोजगारी दिने भएको छ । अर्थमन्त्री बिष्णुु प्रसाद पौडेलले आगामी आर्थिक बर्षको लागि बजेट भाषण सार्वजनिक गर्दे यो कार्यक्रमको लागि १२ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
यसैगरी आगामी आर्थिक बर्षमा हस्तकला, साना तथा मझौला उद्योग आदि क्षेत्रमा सिप बिकास गर्नको लागि ४० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । यस अन्र्तगत सरकारले आगामी आर्थिक बर्षको एक लाख युवायुवतीहरुलाई तालिम दिने छ । आगामी आर्थिक बर्षदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँँसम्म कर्जा प्रदान गर्ने भएको छ । शैक्षिक बेरोजगारीलाई कम गर्नको लागि सरकारले आगामी आर्थिक बर्षको न्युुनतम पाँच प्रतिसतको न्युनतम व्याजमा उक्त कर्जा प्रवाह गर्ने जानकारी दिएको हो ।
सरकारले आगामी आर्थिक बर्षमा बृद्ध भत्ता बढाउने भएको छ । सरकारले यसअघि मासिकरुपमा तीन हजार रुपैयाँ बृद्धभत्ता उपलब्ध गराउँदै आएकोमा आगामी आर्थिक बर्षदेखि यस्तो बृद्धभत्ता बढाएर चार हजार रुपैयाँ पुर्याएको छ ।