neapl investment mega bank
  • गृहपृष्ठ
  • बैकिङ प्रणालीमा २४ करोड रुपैयाँ ९३ लाख रुपैयाँ राख्दै राष्ट्र बैंक

बैकिङ प्रणालीमा २४ करोड रुपैयाँ ९३ लाख रुपैयाँ राख्दै राष्ट्र बैंक

May 28th, 2021

काठमाडौ, जेठ १४

नेपाल राष्ट्र बैकले बैंक तथा फाईनान्स कम्पनीहरुमा २४ करोड ९३ लाख रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । तीन सय ६५ दिने मुुद्धती निक्षेपकोरुपमा २०७८ असार एक गतेदेखि २०७९ जेठ ३१ गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

उक्त रकम मध्येमा बाँणिज्य बैकहरुको लागि १९ करोड ९६ लाख, बिकास बैंकहरुको लागि तीन करोड ७३ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २४ लाख रुपैयाँ छुुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले यही जेठ १८ गते मध्यान्ह दुुई बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने छ ।