neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • दुई सय ७० किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ

दुई सय ७० किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ

May 28th, 2021

चितवन, जेठ १४

राप्ती नगरपालिका–१ बाट भारतीय नम्बर प्लेटको ट्रकमा रहेको २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा सहित भारत पुर्वी चम्पाचरण घर भएका २५ वर्षीय पिन्टु कुमारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकलाई प्रहरी बिट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी ट्रकमा सवार पिन्टुलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गाँजा वीरगंज हुँदै भारततर्फ लैजान लगेको खुल्न आएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi