आधारभूमि संवाददाता
काठमाडौ,जेठ १४
नेपाल राष्ट्र बैंकले अगिंकार गरेका नीतिहरुमा स्ट्याण्डर्ड चार्टड बैंकको असहयोग छ । तरपनि राष्ट्र बैंकले यसलाई कार्वाहि गर्नुको साटो उल्टो ज्वाईको जस्तो व्यवहार गरेको छ ।
राष्ट्र बैंकले कृषि क्षेत्रमा कर्जा प्रवाह बढोस् भनेर बैंकहरुलाई यस्तो क्षेत्रमा लगानी गर्न बाध्य बनाएको छ । उत्पादकत्व बढाउनका लागि कृषिमा लगानी बढाउनु जरुरी छ ।
राष्ट्र बैंकले कृषिमा कुल कर्जाको ११ प्रतिशत लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ । तर राष्ट्र बैकको यस्तो निर्देशन बमोजिम स्ट्याण्डर्ड चार्टड बैकले भने कृषि क्षेत्रमा लगानी गरेको छैन । किनभने अहिलेसम्म यो बैंकले यस्तो क्षेत्रमा जम्मा ६ दशमलव दुई छ प्रतिशत मात्रै लगानी गरेको छ ।
बैंकहरुले कृषिमा सहजै लगानी गर्न नसकेपछि गत वर्षदेखि नेपाल राष्ट्र बैंकले कृषि बिकास बैकंलाई कृषि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिदियो । यस बैंकले जारी गरेका ऋणपत्र खरिद गरेमा पनि कृषिमा लगानी गरे बराबर हुने भनेर राष्ट्र बैंकले यस खालको व्यवस्था गरेको छ । तर स्ट्याण्डर्ड चार्टड बैंकले यस्तो ऋणपत्र पनि खरिद नगरि बसेको छ ।
किनभने तीन महिना अघि कृषि बिकास बैंकले ६ अर्बको ऋणपत्र निष्काशन गर्याे । जसमा राष्ट्र बैंकले तोकेबमोजिम लगानी गर्न नसकेका बैंकहरुले करिब १४ अर्ब बराबरको दाबी गरे । तर, यसमा स्ट्याण्डर्ड चार्टड बैंकको दाबी परेन ।
स्ट्याण्डर्ड चार्टडले न आफै कृषि कर्जा बढाएको छ नत कृषि बिकास बैकले जारी गरेको ऋणपत्र नै खरिद गरेको छ । तर, यसमा पनि राष्ट्र बैंक मौन रहेको छ ।
प्रत्यक्ष रुपमा कृषिमा लगानी गर्दा दक्ष जनशक्ति नहोला भनेर राष्ट्र बैकल्पीक व्यवस्था गरिदिा समेत यो बैंकले पुरै असहयोग गरेको छ । किनभने कृषि बिकास बैकले करिब ४ प्रतिशत ब्याज सहित निष्काशन गरेको ऋणपत्रमा यसले दाबी नगर्नुले यो बैंकलाई राष्ट्र बैंकको कार्वाहिमा परौला भन्ने कुनै भय नै देखिदैन ।
प्रत्येक स्थानिय तहमा साखा पुराउनेमा पुरै असहयोग
नेपाल राष्ट्र बैंकले सबै स्थानिय तहमा बैंकका साखा पु¥याउने लक्ष्य लिएको छ । नेपाल बैंकर्स एसोसिएसन्का अनुसार अहिलेसम्म तीनवटा स्थानिय तहमा साखा पुग्न सकेका छैनन् ।
सबै स्थानिय तहमा साखा खोल्ने राष्ट्र बैंकको नीतिमा स्ट्याण्डर्ड चार्टड बैंकले असहयोग गरेको छ । उसले आफ्ना साखा बिस्तार नै गर्न नचाहेपछि बाँकि २६ वटा बैंकहरुले उसले बिस्तार गर्नुपर्ने साखा समेत बिस्तार गरिदिएका छन् ।
राष्ट्र बैंक स्ट्याण्डर्ड चार्टड बैंकका बिरुद्ध बोल्न पनि सक्दैन । किनभने यो बैंक बाहिरिन्छ कि भन्ने भय छ । बाहिरियो भने बिदेशी लगानीको बैक पलायन गरायो भन्ने आरोप लाग्ला कि भन्ने डर छ ।
अन्तर्राष्ट्रिय अभ्यास अनुसार चलेको बैंक भएकाले राष्ट्र बैंक आफ्ना नीति नियम यसमा लगाउन डराइरहेको हो ।
ऋणपत्र निष्काशनमा पनि छैन चासो
ऋणपत्र निष्काशनमा पनि स्ट्याण्डर्ड चार्टडले नेपाल राष्ट्र बैंकको निर्देशन पालना गरेको छैन । राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै दुई वर्षभित्र वाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ। तर, अहिलेसम्म यसले ऋणपत्र निष्काशनको काम पनि अघि बढाएको छैन ।