neapl investment mega bank

नेप्से घटेपनि कारोवार रकम भने बढ्यो

May 27th, 2021

काठमाडौ, जेठ १३

नेप्से घटेपनि कारोवार रकम भने बढेको छ । नेप्से आज एक दसमलव दुुई अंकले घटेर २८ सय १५ दसमलव ३९ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव २८ अंकले घटेर पाँच सय तीन दसमलव ७० अंकमा झरेको छ । दुुई सय १५ वटा कम्पनीहरुको एक लाख ४७ हजार चार सय ९३ पटकको कारोवारमा चार करोड १८ लाख १३ हजार नौ सय ९४ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम १४ अर्ब ७६ करोड ८८ लाख आठ हजार चार सय ९२ रुपैयाँ पुुगेको छ । यो कारोवार रकम हालसम्म कै उच्च हो ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहले कमाएपनि छ वटा समुहले भने गुमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ४६ अंकले घटेर १८ सय ५७ दसमलव पाँच अंकमा पुुगेकोमा जीवन बीमा, होटल तथा पर्यटन, लघुुबित्त, अन्य र लगानी समुहको सुचकहरु पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज एक सय १४ दसमलव तीन अंकले बढेर तीन हजार चार सय ५० दसमलव १० अंकमा पुुगेको छ भने जलबिद्युुत, निर्जिवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहरुको सुचक पनि उच्च अंकले बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा खानीखोला हाईड्रो पावर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा समता लघुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।