neapl investment mega bank
  • गृहपृष्ठ
  • नेशनल लाईफ इन्स्योरेन्स कम्पनी द्धारा २५ लाखको बिमा दावी भुक्तानी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी द्धारा २५ लाखको बिमा दावी भुक्तानी

May 27th, 2021

काठमाडौ, जेठ १३

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली. लहान शाखा बाट रु २५ लाख को घातक रोग दावी भुक्तानी गरेको छ ।दावी भुक्तानी मिती २०७८।०२।१३ गते जिल्ला सिरहा न.पा. लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम रु २५ लाख विमाङ्ग रकम वापत भुक्तानी गरीएको छ ।शकुन्तला कुमारी पोद्दार ले मिती २०७६।०६।२७ गते रु २५लाख को जीवन अमृत योजना खरिद गर्नु भएको थियो ।

दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो। बिमा दावी भुक्तानी लीदैगर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।