neapl investment mega bank
  • गृहपृष्ठ
  • बुद्ध थान्का ट्रेजर स्वयम्भूद्वारा स्वयम्भू क्षेत्रमा जनावर तथा पन्छीलाई आहाराको व्यवस्था

बुद्ध थान्का ट्रेजर स्वयम्भूद्वारा स्वयम्भू क्षेत्रमा जनावर तथा पन्छीलाई आहाराको व्यवस्था

May 27th, 2021

काठमाडौँ, जेठ १३

बुद्ध थान्का ट्रेजर, स्वयम्भूले निषेधाज्ञाको समयमा स्वयम्भू क्षेत्रमा रहेका बाँदर कुकुर, परेवालाई आहाराको व्यवस्था गरिरहेको छ ।

निषेधाज्ञाको समयमा मानिसको चहल–पहल बन्द भएपछि भोको परेका त्यस क्षेत्रका जनावर र पन्छिको लागि ट्रेजरका संस्थापक समाजसेवी एवं नेतृ राज्यलक्ष्मी श्रेष्ठले हरेक दिन आहाराको व्यवस्था गर्दै आउनुभएको हो ।

उहाँले भोक लाग्यो भन्न सक्नेका लागि त रोजगारी खोसिएर भोको बस्नुपर्ने वाध्यता छ, अहिलेको समयमा बोल्न नसक्ने जनावर र पन्छीको भोक मेटाउनु मानविय कर्तव्य ठानेर परिवार, स्थानिय जागरुक युवाहरुसँगको सहकार्यमा आफुले सक्ने योगदान दिएको बताउनुभयो ।

साथै काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर त्यस क्षेत्रका १३५ वटा कुकुरलाई वन्ध्याकारण गरिएको छ ।

उहाँले कोरोना महामारीको बेला गत वर्ष भएको लकडाउनको समयमा पनि त्यस क्षेत्रका जनावर तथा पन्छीका लागि आहाराको व्यवस्था गर्नुभएको थियो ।