neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युनाईटेडलाई हराउँदै भिल्ला रियलले जित्यो युरोपा लिग फुटबलको उपाधि

युनाईटेडलाई हराउँदै भिल्ला रियलले जित्यो युरोपा लिग फुटबलको उपाधि

May 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १३ जेठ

भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।बुधबार राति भएको फाइनल खेलमा भिल्ला रियलले म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै युरोपा लिग फुटबलको उपाधि जितेको हो ।

खेलको निर्धारित र थप समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा भिल्ला रियल ११–१० ले विजयी भयो ।

टाइब्रेकर अघि पहिलो अग्रता भिल्ला रियलले लिएको थियो ।खेलको २९ औ मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको ५५ औं मिनेटमा युनाईटेडका एडिन्सन काभानीले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

जितसंगै भिल्ला रियलले पहिलो पटक युरोपा लिगको उपाधि उचालेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi