neapl investment mega bank
  • गृहपृष्ठ
  • रोकिएको स्नातक तहको परीक्षा वैकल्पिक विधिबाट लिन निर्देशन

रोकिएको स्नातक तहको परीक्षा वैकल्पिक विधिबाट लिन निर्देशन

May 25th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ११

कोरोना महामारीका कारण त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा वैकल्पिक विधिबाट परीक्षा लिन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।त्रिविले जारी गरेको एक विज्ञप्तिमा महामारीका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिनको लागि आवश्यक व्यवस्था मिलाउनको लागि सम्बन्धित सबै क्याम्पसहरुलाई आग्रह गरेको हो ।

त्यस्तै सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्याालयको सम्पर्कमा आउनसमेत त्रिविले आग्रह गरेको छ ।वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न पनि जारी विज्ञप्तिमा भनिएको छ ।

त्रिविले विज्ञप्तिमार्फत आक्रान्त परिवेश, विषम परिस्थिपति र संवेदनशील घडीमा महामारीबाट ज्यान गुमाने प्राध्यापक विद्यार्थी लगायत सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवाजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ ।