आधारभुमि संवाददाता
काठमाडौं, १० जेठ
बाईकमान्डु नेपालले आज अनाथालयलाई सहयोग गरेको छ । बाइकमाण्डुले गोकर्णस्थित सुनौलो पाइला अनाथालयलाई तीन बोरा चामल ,सात कार्टुन चाउचाउ र पाँच दर्जन कापी सहयोग गरेको हो ।
अनाथालयमा रहेका अनाथ तथा असहाय बालबालिकालाई अध्ययन र बसोवासका लागि सहज होस् भनी खाद्य र शिक्षण सामग्री वितरण गरिएको बाइकमाण्डुले जानकारी दिएको छ ।
बाईकमान्डु नेपालले यस अघि फ्रन्टलाईनमा खटिने ट्राफिक प्रहरी र प्रहरीलाई पनि स्वस्थ्य र खाद्य सामग्री सहयोग गरेको थियो ।त्यस्तै अलपत्र परेका करिब ६ सय भोका कुकुरलाई खाना खुवाएको थियो ।त्यस्तै करिब ३५० जना मानिसहरुलाई खाना खुवाएको थियो ।
आगामी दिन पनि अलपत्र परेका मानिसहरु र जनावरहरुलाई खाना खुवाउने योजना रहेको बबाईकमान्डु नेपालले आधारभूमिलाई जनाएको छ ।