neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा पक्राउ

गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा पक्राउ

May 24th, 2021

काठमाडौं, १० जेठ

गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन तथा विक्री वितरण गरेको अभियोगमा ललितपुर महानगरपालिका-१ कुपन्डोल बस्ने पाल्पा तानसेन नगरपालिका-१ घर भएका २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी बिक्री वितरण र कालोबजारी भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-१ कुपन्डोलबाट गुणस्तरहीन ह्‍याण्ड स्यानिटाइजर उत्पादन गरिरहेको र बिक्री बितरण गर्न लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘wicklow ways wines Hand sanitizer 70% alcohol’ लेखिएको चाइनिज ब्राण्डको लोगो गुगलबाट सर्च गरी नक्कली स्टिकर टाँसेर आफै डाउनलोड गरी प्रिन्ट गरेर प्रयोग गरेको तथा हानिकारक मिथानोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । साथै बोतल, ग्यालन र बिक्री गर्न तयार पारेर राखिएको कार्टुनसहित अन्दाजी ३ हजार ८१ लिटर स्यानिटाइजर समेत प्रहरीले बरामद गरेको छ ।
उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi