neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

महिला सैनिक खटिए शव व्यवस्थापनमा

May 24th, 2021

काठमाडौँ, १० जेठ /रासस

नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणबाट जिल्ला अस्पताल सल्यानमा मृत्यु भएका बागचौर नगरपालिका ७ का ६८ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको छ । सल्यानमा अवस्थित सबुज गणमा कार्यरत सहसेनानी श्वेता पौडेलका नेतृत्वमा शव व्यवस्थापनमा महिला सैनिक टोली खटिएको हो । जिल्लामा सङ्क्रमित शव व्यवस्थापनमा पहिलो पटक महिला सैनिक खटिएको गणले जनाएको छ ।

गणपति कञ्चनकृष्ण बस्नेतले सैनिक नियमअनुसार शव व्यवस्थापनमा तालिम दिएर महिला सैनिक परिचालन गरिएको जानकारी दिनुभयो । सोही गणले शारदा नगरपालिकाको आर्थिक सहयोगमा २५ शय्याको आइसोलेशन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi