neapl investment mega bank
  • गृहपृष्ठ
  • परराष्ट्रमन्त्री ज्ञवाली रशिया प्रस्थान

परराष्ट्रमन्त्री ज्ञवाली रशिया प्रस्थान

Nov 23rd, 2019

काठमाडौँ, ७ मङ्सिर (रासस)

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुसी महासङ्घ गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति आज अपराह्न रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गर्नुभयो ।

उहाँका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी हुनुुुहुन्छ । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव भरतराज पौड्याललगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुले विदाइ गर्नुभएको थियो ।