neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पीएसजीलाई १ अंकले पछि पार्दै लिलेलाई फ्रेन्च लिग वानको उपाधि

पीएसजीलाई १ अंकले पछि पार्दै लिलेलाई फ्रेन्च लिग वानको उपाधि

May 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ १०

लिलेले साविक विजेता पीएसजीलाई १ अंकले पछि पार्दै फ्रेन्च लिग वान उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा एन्जर्सलाई २-१ ले पराजित गर्दै लिलेले उपाधि उचालेको हो ।

लिलेलाई जित दिलाउन जोनाथन डेभिड र बुराक यलमाजले एक-एक गोल गरे ।एन्जर्सका एन्जेलो फुलगिनीले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता लिलेले लिएको थियो । खेलको दशौं मिनेटमा जोनाथन डेभिडले गोल गर्दै लिलेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा लिलेका बुराक यलमाजले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको इन्जुरी समयमा एन्जर्सका एन्जेलो फुलगिनीले एक फर्काएका थिए ।

त्यसपछि कुनै गोल हुन सकेन र लिलेले जित निकालेको हो ।

जितसंगै लिलीले १० वर्षपछि चौथो पटक लिग वानको उपाधि उचालेको हो ।यस अघि लिलीले सन् २०१०/११ मा उपाधि जितेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi