neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युनाईटेडको जितसंगै सिजनको सुखद अन्त्य

युनाईटेडको जितसंगै सिजनको सुखद अन्त्य

May 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ १०

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले अन्तिम खेलमा सुखद अन्त्य गरेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले उल्भ्सलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन एन्टोनी इलांगा र जुआन माटाले एक-एक गोल गरे । उल्भ्सका नेल्सन सेमेडोले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता युनाईटेडले लिएको थियो । खेलको १३ औं मिनेटमा एन्टोनी इलांगाले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३९ औँ मिनेटमा उल्भ्सका नेल्सन सेमेडोले गोल गर्दै खेल बराबरीमा फर्काए ।

तर, पहिलो हाफको इन्जुरी समयमा युनाईटेडका जुआन माटाले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-१ को जित दिलाए ।

जितसंगै युनाईटेडले सिजनको सुखद अन्त्य गरेको छ ।लिगमा ३८ खेल खेलेको युनाईटेडले ७४ अंक जोड्न सफल भयो र सिजनको दोस्रो स्थानमा रह्यो ।उल्भ्सले ३८ खेलबाट ४५ अंक जोडेर १३ औं स्थानमा रह्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi