neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोनाको जितसंगै सिजनको सुखद अन्त्य

बार्सिलोनाको जितसंगै सिजनको सुखद अन्त्य

May 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ९

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अन्तिम खेलमा सुखद अन्त्य गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले इबरलाई १-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन एन्टोइन ग्रिज्मानले गरेको गोल नै निर्णायक बन्न पुग्यो । ग्रिज्मानले खेलको ८१ औं मिनेटमा सो गोल गरेका हुन् ।

जितसंगै बार्सिलोनाले सिजनको सुखद अन्त्य गरेको छ ।लिगमा ३८ खेल खेलेको बार्सिलोनाले ७९ अंक जोड्न सफल भयो।बार्सिलोना सिजनको तेस्रो स्थानमा रह्यो ।

त्यस्तै एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलको उपाधि उचाल्न सफल भयो। लिगमा ३८ खेल खेलेको एट्लेटिको मड्रिडले ८६ अंक जोड्यो ।

दोस्रो स्थानको रियल मड्रिड एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि पर्यो। लिगमा ३८ खेल खेलेको रियलले ८४ अंक जोड्न सफल भयो।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi