neapl investment mega bank
  • गृहपृष्ठ
  • एनएमबिको डिबेञ्चरमा देखियो आकर्षण, चार दिनमै मांगभन्दा अत्याधिक आवेदन

एनएमबिको डिबेञ्चरमा देखियो आकर्षण, चार दिनमै मांगभन्दा अत्याधिक आवेदन

May 20th, 2021

काठमाडौ, जेठ ६

एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आईतबार देखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद सकिएको हो । ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म म्याद तोकिएको थियो ।

हालको विषम परिस्थिति र यस महामारीको प्रभावका वावजुद पनि विश्वास गरेर एनएमबि डिबेञ्चर खरिद गरी सहयोग र सदभाव प्रदान गर्नु भएकोमा सम्पुर्ण सुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियमनकारी निकायहरु तथा सरोकारवालाहरु सबै प्रति एनएमबि बैंकले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।

अन्त्यमा, यथास्थानमै सुरक्षित बसी डिजिटल संरचनाहरुको प्रयोग गर्नुहुन, सुरक्षा सम्बन्धि नियम पालना गरी आफु र आफ्नो परिवारलाई यस महामारीबाट सुरक्षित हुने उपायहरु अवलम्वन गर्नुहुन समेत बैंकले अनुरोध गरेको छ ।