neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना बिमामा ७७ हजारको दाबी स्वीकृत, ५ अर्ब ४८ करोड भुक्तान

कोरोना बिमामा ७७ हजारको दाबी स्वीकृत, ५ अर्ब ४८ करोड भुक्तान

May 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, जेठ ६
कोरोना बिमामा ७७ हजार १ सय ३ दाबी स्वीकृति भएका छन् । यति ठूलो संख्यामा स्वीकृत भएपनि अहिलेसम्म ५६ हजार ७ सय ९८ वटा मात्रै भुक्तान भइसकेको छ ।

बिमा कम्पनीहरुले अहिलेसम्म दाबीबापत ५ अर्ब ४८ करोड ५८ लाख ५० हजार रकम भुक्तान गरेका छन् । जसमध्ये कम्पनीहरुले १ अर्ब, १ अर्ब पुनर्बिमा कम्पनी र १ अर्ब बिमा समितिले भुक्तान गरेको छ भने ५० करोड रकम बिमा कम्पनीहरुको जोखिम व्यवस्थापनबाट भुक्तान गरेका छन् ।

अर्थमन्त्रालयले रकम दिएसँगै सोधभर्ना गर्नेगरि उनिहरुले अहिले आफ्नो कोषबाट दाबी बापतको रकम भुक्तान गरेका हुन् ।

तर यता अर्थमन्त्रालयमा भने यो रकम भुक्तानका लागि अहिलेसम्म कुनै प्रक्रिया नै अघि बढेको छैन । जबकी बिमा समितिले ३ अर्ब माग गर्दै अर्थमन्त्रालयमा पत्र पठाएको डेढ महिना बितेको छ ।

समिति रकम आशमा रहेको भएपनि कहिलेबाट रकम भुक्तान सुरु हुन्छ भनेर एकिन गरेर भन्न सक्ने अवस्थामा छैन ।

कोरोेना बिमाको रकम भुक्तान गर्नका लागि बिमा कम्पनीहरुले बनाएको कोषमा सरकारले समयमै रकम नपठाउँँदा करिब २० हजार ३ सय ५ वटा दाबी स्वीकृत भएर पनि रकम पाउन सकिएको छैन ।

अर्थमन्त्रालयले दिनुपर्ने यस्तो रकमको लागि अहिलेसम्म कुनै प्रक्रियाँ नै अघि बढेको छैन । जबकी रकम माग गर्दै बिमा समितिले अर्थमन्त्रालयमा पत्र पठाएको डेढ महिनाभन्दा बढि भइसकेको छ ।

कोरोनाको अहिले दोस्रो लहर फैलिएको छ । तर, पहिलो लहरमा नै संक्रमित भएका कैयनले अहिलेसम्म कोरोन बिमा बापतको दाबी रकम पाउन सकेका छैनन् ।

समितिका अनुसार अहिलेसम्ममा ९१ हजार ८ सय ५९ वटा दाबी परेका छन् । जसमध्ये ७ हजार ८ सय १६ वटा फाइलहरु इपिडियोमिलोजी तथा रोग नियन्त्रण महासाखामा तथ्यांक नमिलेका कारण स्वीकृत नभइ बसेका छन् ।

७ सय ६० वटा भने स्वीकृतिको चरणमा रहेका छन् । त्यस्तै पाँच सय ४४ वटा दाबीमा उमेर र नाम नमिलेर स्वीकृत हुन सकेको छैन । १ हजार ८८ वटा दाबी भने कम्पनीबाट स्वीकृत भएर अब इपिडियोमिलोजी तथा रोग नियन्त्रण महासाखामा जाने चरणमा रहेका छन् ।

२ हजार २ सय ३८ वटा दाबी भने कागजात नपुगेका कारण कम्पनीमा नै फिर्ता भइसकेका छन् भने ७ सय २७ वटा भने दोहोरो दाबी परेका छन् ।