neapl investment mega bank
  • गृहपृष्ठ
  • एक्सेल डेभलपमेन्ट बैंकले कोभिड केयर लोन उपलब्ध गराउने, किस्ताबन्दीमा तिर्न सकिने

एक्सेल डेभलपमेन्ट बैंकले कोभिड केयर लोन उपलब्ध गराउने, किस्ताबन्दीमा तिर्न सकिने

May 20th, 2021

काठमाडौ, जेठ ६

एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोगका कारण नागरिककोे स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्ेश्यले १० लाख रुपैयाँसम्मको ईडिबिएल कोभिड केयर लोन किस्ताबन्दीमा तिर्न सकिने सुविधा सहितको नयाँ कर्जा योजना सार्वजनिक गरेको छ ।

संक्रमण फैलन नदिन आवागमन अवरुद्ध भएको तथा बैंकका शाखाहरु नियमित रुपमा संचालन हुन नसकिरहेकोे हालको अवस्थालाई मध्यनजर गर्दै कोभिड केयर कर्जा लिन चाहने ग्राहकहरुले बैंकको मार्फत अनलाइन वा ९८०२७–६०६६६ मा मिसकल गरी आवेदन दिन सक्नेछन् । कर्जा स्वीकृत वा अस्वीकृत भएको जानकारी ग्राहकलाई १२ घण्टाभित्र उपलव्ध गराई ४८ घण्टाभित्र ग्राहकबाट आवश्यक कागजातहरु लिई प्रक्रृया पुरा गरी उक्त कर्जा प्रदान गरिने छ । साथै कर्जाको भुक्तानी सम्बन्धित अस्पताल तथा फार्मेसीलाई अनलाइन मार्फत खातामा स्थानान्तरण गर्ने व्यवस्था गरिएको छ ।

यस कर्जा सुविधा अन्तर्गत ग्राहकहरुलाई आफ्नो तथा आफ्नो परिवारको कोभिड उपचार खर्चको ९० प्रतिशतसम्म रकम छ महिनाको ग्रेस अवधि समेत गरी अधिकतम पाँच वर्ष अवधिका लागि मासिक समदर किस्तामा तिर्न सकिने गरि वार्षिक नौ प्रतिशत व्याजदरमा सेवा शुल्क शुन्य दसमलव ५० प्रतिशतमात्र लिई गरी प्रदान गरिने छ । हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठयारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने र जिवन रक्षामा मद्दत पुग्ने आशा बैंकले गरेको छ ।