काठमाडौ, जेठ ५
नेप्सेमा १३ अंकले गिरावट आएको छ । आज बुधबार नेप्से १३ दसमलव नौ अंकले घटेर २७ सय ८० दसमलव ८१ अंकमा झरेकोमा सेन्सिटिभ पनि एक दसमलव आठ अंकले घटेर चार सय ९६ दसमलव १४ अंकमा झरेको छ । दुुई सय १४ वटा कम्पनीहरुको एक लाख ३२ हजार तीन सय ६९ पटकको कारोवारमा दुुई करोड ५१ लाख २१ हजार पाँच सय ५४ कित्ता सेयर किनबेच हुुंला आज कुुल कारोवार रकम ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार चार सय ११ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहले कमाएकाछन आठ वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ३४ अंकले बढेर १८ सय ३४ दसमलव ३८ अंकमा पुग्दा होटल तथा पर्यटन, टे«डिङ, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने आज ५१ दसमलव ९८ अंकले घटेर तीन हजार ६८ दसमलव ८७ अंकमा पुग्दा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुुलक, अन्य, लघुुबित्त र लगानी समुहको समुहको सुचक पनि घटेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा समता लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा ङादी ग्रुप पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेशनल लाईफ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।