आधारभूमि संवाददाता
काठमाडौं, जेठ ५
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ ले जेष्ठ ४ गतेबाट भेरो सेल खोप लगाउन शुरु गरेको छ । हिजो मंगलबार मात्र २७७ भेरो सेल खोप लगाएको सू.न.पा. वडा नं. २ का नगर सदस्य सुवास कार्कीले बताए । खोप कार्यक्रममा सामाजिक दूरी अपनाउनुका साथै खोप केन्द्र वरीपरि स्यानीटाइजर गरी स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयम सेवक, सुरक्षाकर्मी लगायत सबैले स्वास्थ्य मापदण्ड पालन गरी खोप सञ्चानलन भएको वडा सदस्य कान्छी माया श्रेष्ठले बताइन् ।
खोप कार्यक्रममा स्थानीय युवा युवतीले पनि सक्दो सहयोग गरेको आधारभूमिलाई जानकारी गराए ।