neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युनाईटेड

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युनाईटेड

May 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ५

ईङ्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।मंगलबार राति भएको खेलमा युनाईटेड फुलहमसँग १-१ को बराबरीमा रोकिएको हो।

खेलमा युनाईटेडको लागि एडिनसन कावानीले एक गोल गरे भने फुलहमको लागि जो ब्रायनले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता युनाईटेडले लिएको थियो । खेलको १५ औं मिनेटमा एडिनसन कावानीले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, दोस्रो हाफको ७६ औँ मिनेटमा फुलहमका जो ब्रायनले गोल गर्दै खेल खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरी सँगै युनाईटेडले ३७ खेलबाट ७१ अंक जोडेको छ र दोस्रो स्थानमा छ।फुलहमको ३७ खेलबाट २८ अंक छ र १८ औँ स्थानमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi