neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बाईकमान्डु नेपालद्वारा करिब ३५० जनालाई खाना

बाईकमान्डु नेपालद्वारा करिब ३५० जनालाई खाना

May 18th, 2021

आधारभूमि संवाददाता
काठमाडौ, ४ जेठ

बाईकमान्डु नेपालले आज करिब ३ सय ५० जनालाई खाना खुवाएको छ । बाइकमाण्डुले कपन,रत्नपार्क , बसन्तपुर र विभिन्न स्थानमा गएर सडकमा अलपत्र रहेका मानिसहरुलाई खाना खुवाएको हो ।

बाईकमान्डु नेपालले यस अघि फ्रन्टलाईनमा खटिने ट्राफिक प्रहरी र प्रहरीलाई पनि स्वस्थ्य र खाद्य सामग्री सहयोग गरेको थियो ।त्यस्तै अलपत्र परेका करिब ६ सय भोका कुकुरलाई खाना खुवाएको थियो ।

आगामी दिन पनि अलपत्र परेका मानिसहरु र जनावरहरुलाई खाना खुवाउने योजना रहेको बबाईकमान्डु नेपालले आधारभूमिलाई जनाएको छ ।

त्यस्तै बाईकमान्डु नेपाललाई कपन वडा नं. ११ का वडा प्रमुख राजु अधिकारि र वडा सदस्य बिनोद कुमार तामाङले स्वस्थ्य र खाद्य सामग्री सहयोग गरेका थिए र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने समेत बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi