काठमाडौ, जेठ ४
नेपाल राष्ट्र बैंकले चालुु आर्थिक बर्षको तेस्रंो त्रैमासिक मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा प्रस्तुुत गरेको छ । आज मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारीले भर्चुलरुपमा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा प्रस्तुत गरेका हुुन ।
सो क्रममा गर्भनर अधिकारीले चालु आर्थिक बर्षमा चार प्रतिसतको आर्थिक बृद्धिदर निकै नै चुुनौतीपुर्ण रहेको बताएकाछन । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न अहिले पनि ७४ वटा जिल्लाहरुमा निशेधाज्ञा जारी गरेको छ । यही निशेधाज्ञाकाकारण पनि चार प्रतिसतको आर्थिक बृद्धिदरको लक्ष्य भेट्टाउन मुश्किल देखिन्न्छ, गर्भनर अधिकारीले भने । यसअघिको निशेधाज्ञामा नियमनकारी निकायले गरेको नीगित सहजताकाकारण बैंकिङ क्षेत्रको व्यवस्थापन सहज भएपनि अब भने बैंकिङ क्षेत्रको व्यवस्थापन चुुनौतीपुर्ण बन्दै गएको जानकारी पनि गर्भनर अधिकारीले थियो ।
कोभिड १९ को दोस्रो लहरको महामारी नियन्त्रण तथा रोकथाम लागि गरिएको निशेधाज्ञा कारण आर्थिक गतिविधिहरु पुनः प्रभावित भएको र यसले समग्र बैंकिङ प्रणालीमा नकारात्मक असर गरेको उनले बताए । कर्जाको माग उल्लेख्य मात्रामा बढ्दा बैशाख लागेपछि अल्पकालिन ब्याज पनि केही बढेको थियो । यसले निक्षेप र कर्जाको व्याज दुुबै बढाउने अपेक्षा गरिएको थियो । तर यही बिचमा भएको निशेधाज्ञाका कारण अहिले कर्जा र निक्षेप दुुबैको मागमा कमी आएको समेत गर्भनर अधिकारीले बताए ।