neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली सेनाद्धारा सफा हिमाल अभियान २०२१ को आधा यात्रा पूरा

नेपाली सेनाद्धारा सफा हिमाल अभियान २०२१ को आधा यात्रा पूरा

May 17th, 2021

काठमाडौ, जेठ ३

नेपाली सेनाको संयोजित नेपाल सरकारको सफा हिमाल अभियान २०२१ कार्यव्रmमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लाम लगायतका छ वटा हिमालयहरुबाट फोहोर संकलनको हाफ वे मार्क सफलतापूर्वक सम्पन्न गरेको छ । यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा एक सय १२ जना सदस्यहरु रहेकाछन् ।

यस अभियान औपचारिकरुपमा अप्रिल १३,२०२१ मा सुरु भयो र हाल सम्म छ वटा हिमालयहरुबाट २१ हजार एक सय ६७ किलोग्रामको फोहोर संकलन गरिएको छ जसमा एक हजार आठ सय ६८ किलोको बायो–डग्रेडेबल फोहोर र १९ हजार दुई सय ९९ किलोको नन–बायो डिग्रेडेबल फोेहोरहरु समावेश रहेका छन् । टोलीले संकलन गरेको फोहोरहरुमा खारेज गरिएको अक्सिजन ट्याङक, परित्याग गरिएका टेन्टहरु, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, एल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु समावेश रहेका छन् । यस बाहेक पहिला दुर्घटना भएको एन–एसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँहरुबाट पर्वतारोहण गियर सहित दुई मानव अवशेषहरु पनि धौलागिरी टोलीले रिट्राइभ गरेको छ र मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धानहरु सुरु गरिएको छ ।

हिमाल सफाई अभियान २०७८ का मिडिया को अर्डिनेटर लेफ्टिनेन्टकर्नेल दिपक भण्डारीले भने “ छ वटा हिमालहरु सफा गर्ने उदेश्यले अभियानमा खटाइएका टोलीले स्थानीय सरकारसँगको नजिकको समन्वयमा समर्पणका साथ फोहोर संकलन गर्ने कार्यमा लागि परेकाछन् । हिमालयहरुको यात्रा पक्कै पनि कठिन हो र साथै हाम्रो टोलीलाई यस महानअभियानको हिस्सा हुन नम्र तुल्याइएको छ र हामी सकेसम्म धेरै फोहोरहरु उठाउन कटिबद्ध छौं ।

सफा हिमाल अभियानको लक्ष्य भनेको प्रकृति र वातावरणको संरक्षण गरेर छ वटा हिमालहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको लागि हो । टोलीहरु स्थानीय सरकार, स्थानीय सरोकारवालाहरु र सबै सम्बन्धित साझेदारहरु सँग घनिष्ट समन्वयमा काम गर्दे आएकाछन । फोहोर संकलन गतिविधिहरु सम्पन्न भएपछि संकलन गरिएको फोहोरलाई थप रिसाइक्लिङको लागि रिसाइक्लिङ पार्टनरलाई हस्तान्तरण गरिनेछ ।

नेपाल पर्यटन बोर्डका सीईओ डा. धनंजय रेग्मीले भने, “हिमाल चढ्ने काम धेरै नेपाली र विदेशीहरुको लागि एक ठूलो स्पोर्ट हो र धेरैले यसलाई जितेकाछन् । साथै हाम्राभावी पुस्ताहरुका लागि हिमालयलाई सम्मान र संरक्षण गर्ने हाम्रो जिम्मेवारी रहेको छ । नेपाल सरकार, नेपाली सेना र अन्य धेरै निजी साझेदारहरु हिमालयको सुरक्षाको लागि एकताबद्ध भएर जम्मा भएको देख्नु अत्यन्त सुखद रहेको छ ।”

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi