neapl investment mega bank
  • गृहपृष्ठ
  • मेटलाइफ फाउन्डेशनद्वारा ५० हजार अमेरिकी डलर सहयोग

मेटलाइफ फाउन्डेशनद्वारा ५० हजार अमेरिकी डलर सहयोग

May 17th, 2021

काठमाडौ, जेठ ३

मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई नेपालमा बिग्रँदो कोभिड–१९ को संकटबाट प्रभावित असाह्य व्यक्तिहरुका लागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ । ए.एन.एम.एफ. सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पु¥याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरुद्वारा स्थापना गरिएको एक गैर–नाफा मूलक संस्थाहो ।

मेटलाइफ फाउन्डेशनको सो अनुदानले ए.एन.एम.एफ. लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा उच्चबहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुनेछ । उच्च संख्यामा बढिरहेका गम्भिर अवस्थाका बिरामीहरुका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले ए.एन.एम.एफ. लाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनिकरण गर्न थप सक्षम बनाउन मद्दत गर्नेछ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भने, “आवश्यकताको यस घडिमा हामी सबै अहिलेको विश्वब्यापी महामारीबाट प्रभावित मानिसहरुको स्वास्थ्य र जनहितका लागि हर सम्भव प्रयासहरु गरिरहेका छौं । मेटलाइफ विश्वास गर्दछ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्दछौं र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेशनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोग समेत प्रदान गरिरहेको छ ।”

मेटलाइफ फाउन्डेशनको बारेमा

मेटलाइफ फाउण्डेशनमा हामी आर्थिक स्वस्थता सबैको लागि हो भन्ने मान्यता राख्दछौँ । आर्थिक असक्षमता भएका समुदाय र मानिसको आर्थिक स्वस्थता बृद्धिका लागि हामीले साहसी समाधान, गहिरो आर्थिक विशेषज्ञता र महत्वपुर्ण अनुदान उपलब्ध गराउदछौँ । ठोस प्रभाव पार्ने प्रयत्नमा मेटलाईफका कर्मचारीलाई सहभागी गराई आर्थिक स्वस्थताको अभिबृद्धि तथा अझ सुदृढ समुदाय निर्माणका लागि हामी विश्वका विभिन्न संस्थहरुसँग सहकार्य गर्दछौं । कर्पोरेट योगदान र समुदायको सहभागिताको लामो परम्पराई निरन्तरता दिन मेटलाइफ फाउण्डेशन सन् १९७६ मा स्थापित भएको होे । स्थापनाकालदेखि सन् २०२० को अन्त्यसम्म आइपुग्दा, मेटलाइफ फाउन्डेशनले ९० करोड अमेरिकि डलर अनुदान तथा साढे ८ करोड अमेरिकि डलर मेटलाइफ सञ्चालनमा रहेका ठाउँहरुको समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुसँग सम्बन्धित लगानी गरिसकेको छ । यसको वित्तीय स्वास्थ्य कार्यको पहुंच ४२ देशहरुका एक करोड ३४ लाख भन्दा ज्यादा कम र मध्यम आय भएका व्यक्तिहरुमाझ रहेको छ । मेटलाइफ फाउण्डेशनको बारेमा अझ जानकारी मेटलाईफ डट ओआरजीबाट लिन सकिनेछ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेशनको बारेमा

अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) ले नपालमा स्वास्थ्य प्रशिक्षण, अनुसन्धान तथा अभ्यासको उन्नतिलाई प्रबर्धन गर्दछ । सन् १९९७ देखि नेपालमा संचालनमा रहेको यस संस्था संयूक्त राज्य अमेरिकामा ५०१ (सि) (३) अन्तर्गत दर्ता भएको गैर–नाफामूलक संस्था हो । ए.एन.एम.एफ. का सम्पूर्ण सदस्यहरु स्वयंसेवी भएकाले आर्थिक अनुदानहरु नेपालका संस्थाहरुमा सोझै पठाइन्छ ।

मेटलाइफ नेपालको बारेमा

मेटलाइफ नेपाल सन् २००१ डिसेम्बरदेखि नेपालमा संचालन भइरहेको मेटलाइफ इन्कर्पोरेटको शाखा हो । नेपालमा बीमा इजाजतपत्र पाउने पहिलो कम्पनी मध्येको एक, मेटलाइफ प्रतिस्पर्धी मूल्यमा आकर्षक बीमा सुरक्षा र सुविधाहरु जस्तै जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, तथा कर्मचारी लाभ बीमा प्रदान गर्ने अग्रणी बीमा कम्पनी पनि हो । हाम्रो व्यवसाय भनेको स्थानीय समुदायको आवश्यकताहरु बुझी उनीहरुलाई आफ्नो एजेन्ट तथा संस्थागत साझेदाहरुको सञ्जालमार्फत मद्धत गर्नु हो । कम्पनीसंग नेपालमा हाल आठ हजार भन्दा बढी एजेन्टहरु छन् जसले प्रत्येक ग्राहकका लागि उपयुक्त योजना सुनिश्चित गर्न कडा मेहनत गर्दछन् ।