neapl investment mega bank
  • गृहपृष्ठ
  • नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च बृद्धि

नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च बृद्धि

May 17th, 2021

काठमाडौ, जेठ ३

नेप्से सुचक तथा कारोवार रकम दुुबै नै उच्च अंंकले बढेकाछन । नेप्से आज २० दसमलव ७१ अंकले बढेर २७ सय ५९ दसमलव २१ अंकमा चढेकोमा सेन्सिटिभ पनि चार दसमलव ४५ अंकले बढेर चार सय ९२ दसमलव ५८ अंकमा चढेको छ । दुुई सय १८ वटा कम्पनीहरुको एक लाख एक हजार नौ सय १८ पटकको कारोवारमा एक करोड ९० लाख ५६ हजार दुई सय ३६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम नौ अर्ब ५७ करोड ६३ लाख ६१ हजार एक सय ३९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले गुमाएकाछन भने १० वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव तीन अंकले बढेर १८ सय २१ दसमलव ८८ अंकमा चढेकोमा जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि बढेकाछन । होटल तथा पर्यटन, बिकास बैंक र उत्पादनमुुलक समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा रुरु जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल बंगलादेश बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार भएको आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।