neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रेन्च लिग वान फुटबलमा पीएसजीको शानदार जित

फ्रेन्च लिग वान फुटबलमा पीएसजीको शानदार जित

May 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ३

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । घरेलु मैदानमा आईतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा समेटिएको रेइम्सलाई ४-० गोलले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन नेमार, केलियन एमबाप्पे, मार्क्विन्होस र मोइज केनले एक-एक गोल गरे । पीएसजीले दुई गोल पहिलो हाफ र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १० औं मिनेटमै रेइम्स १० खेलाडीमा सीमित भएको थियो । रेइम्सका युनिस अब्देलहामिडले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा पीएसजीले उठायो ।

खेलको १३ औँ मिनेटमा नेमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए।२४ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६८ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि खेलको ८९ औं मिनेटमा मोइज केनले गोल गर्दै टोलीलाई ४-० को शानदार जित दिलाए ।

जितसँगै पीएसजीले ३७ खेलबाट ७९ अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित रेइम्सको ३७ खेलबाट ४२ अंक छ र १३ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi