neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

गोलकिपरको गोलमा लिभरपुलको जित

May 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ३
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रोमलाई २-१ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन मोहम्मद सालाह र गोलकिपर एलिसन बेकरले एक-एक गोल गरे ।वेस्ट ब्रोमका हल रोबसन कानुले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता वेस्ट ब्रोमले लिएको थियो । खेलको १५ औँ मिनेटमा वेस्ट ब्रोमका हल रोबसन कानुले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको ३३ औँ मिनेटमा लिभरपुलका मोहम्मद सालाहले गोल गर्दै खेल बराबरीमा फर्काए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा गोलकिपर एलिसन बेकरले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।गोलकिपर एलिसनले ट्रेन्ट अलेक्जान्डर बर्नोल्डको कर्नरमा हेड गोल गरेका थिए ।

जितसँगै लिभरपुलले ३६ खेलबाट ६३ अंक जोडेको छ र पाँचौ स्थानमा छ । पराजित वेस्ट ब्रोमको ३६ खेलबाट २६ अंक छ १९ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi