neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बार्सिलोना घरेलु मैदानमा पराजित , उपाधि होडबाट बाहिरियो

बार्सिलोना घरेलु मैदानमा पराजित , उपाधि होडबाट बाहिरियो

May 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ ३

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेल्टा डी भिगोसँग पराजित भएको छ ।

आईतबार राति भएको खेलमा बार्सिलोनालाई सेल्टा डी भिगोले उसैको मैदानमा २-१ गोलले पराजित गरेको हो।

सेल्टा भिगोको जितमा सान्टी मीनाले दुई गोल गरेका थिए। बार्सिलोना लागि कप्तान लियोनल मेस्सीले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता बार्सिलोनाले लिएको थियो । खेलको २८ औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको ३८ औँ मिनेटमा सेल्टा भिगोका सान्टी मीनाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ८३ औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।बार्सिलोनाका क्लेमेन्ट लेन्गलेटले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।जसको फाइदा सेल्टा डी भिगोलाई भयो ।

खेलको ८९ औँ मिनेटमा सेल्टा डी भिगोका सान्टी मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१
को जित दिलाए ।

हारसंगै बार्सिलोना ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ ।बार्सिलोनाको ३७ खेलबाट ७६ अंक छ र तेस्रो स्थानमा छ ।

जितसंगै सेल्टा डी भिगोले ३७ खेलबाट ५३ अंक जोडेको छ र आठौं स्थानमा छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको रियल मड्रिडको ३७ खेलबाट ८१ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi