neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बायर्न म्युनिख बराबरीमा रोकियो

May 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ २

जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिख बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा बायर्न म्युनिख फ्रेबर्गसँग २-२ को बराबरीमा रोकिएको हो।

खेलमा बायर्नको लागि रोबर्टो लेवान्डोस्की र लिरो सानेले एक-एक गोल गरे भने फ्रेबर्गको मानुएल गुल्डे र क्रिश्चियन गेन्टरले एक-एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता बायर्नले लिएको थियो । खेलको २६ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, खेलको २९ औँ मिनेटमा फ्रेबर्गका मानुएल गुल्डेले गोल गर्दै खेल खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ५३ औं मिनेटमा बायर्नका लिरो सानेले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

तर,खेलको ८१ औं मिनेटमा फ्रेबर्गका क्रिश्चियन गेन्टरले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरी सँगै बायर्नले ३३ खेलबाट ७५ अंक जोडेको छ र शीर्ष स्थानमा छ।बायर्नले यस अघि नै उपाधि जितिसकेको छ ।फ्रेबर्गको ३३ खेलबाट ४५ अंक छ र दशौँ स्थानमा रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi