neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

च्याम्पियन मिलान युभेन्ट्ससँग पराजित

May 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ,जेठ २
इटालियन सिरी (ए) फुटबलमा इन्टर मिलान युभेन्ट्ससँग पराजित को छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई ३-२ गोलले पराजित गरेको हो ।

युभेन्ट्सलाई जित दिलाउन जुआन कुआड्राडोले दुई र क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।इन्टर मिलानका रोमेलु लुकाकुले एक गोल फर्काए ।इन्टरले एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलमा पहिलो अग्रता युभेन्ट्सले लिएको थियो ।खेलको २४ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, खेलको ३५ औँ मिनेटमा इन्टरका रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल खेल बराबरीमा फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा युभेन्ट्सका जुआन कुआड्राडोले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

दोस्रो हाफको ५५ औँ मिनेटमा युभेन्ट्स १० खेलाडीमा सीमित भएको थियो । युभेन्ट्सका रोड्रिगो बेन्टानकुरले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

खेलको ८३ औँ मिनेटमा युभेन्ट्सका जर्जियो चिलीनीले आत्मघाती गोल गरे पछि खेल २-२ को बराबरीमा फर्किएको थियो ।

तर, खेलको ८८ औँ मिनेटमा युभेन्ट्सका जुआन कुआड्राडोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए ।

दोस्रो हाफको इन्जुरी समयमा इन्टर मिलान पनि १० खेलाडीमा सीमित भएको थियो । मिलानका मार्सेलो ब्रोजोभिएले दोस्रो पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

जितसँगै युभेन्ट्सले ३७ खेलबाट ७५ अंक जोडेको छ र चौंथो स्थानमा उक्लिएको छ । इन्टर मिलानको ३७ खेलबाट ८८ अंक छ र शीर्ष स्थानमा छ ।मिलानले यस अघि नै चार खेल अगावै इटालियन सिरी ए फुटबलको उपाधि जितिसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi