neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • समाजसेवी कार्कीद्वारा आइसोलेसनलाई अक्सिजन सिलिण्डर सहयोग

समाजसेवी कार्कीद्वारा आइसोलेसनलाई अक्सिजन सिलिण्डर सहयोग

May 15th, 2021

काठमाडौँ, १ जेठ /रासस

समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं ८ को आइसोलेसनका लागि उक्त सिलिण्डर कार्कीले सहयोग गर्नुभएको हो ।

चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ अस्पतालका लागि कार्कीले सङ्कलन गर्नुभएको १८ थान अक्सिजन सिलिण्डर प्रदान गर्नुभएको चन्द्रागिरि–८ का वडा अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयो ।

कार्कीले सो आइसोलेसनको लागि आवश्यक सहयोग गर्दै जाने उल्लेख गर्नुभयो । “मैले व्यक्तिगत खर्चबाट कोरोना सङ्क्रमितको लागि अक्सिमिटर दिन लागेको छु”, उहाँले भन्नुभयो । (

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi