neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सिटीको जितमा टोरेसले गरे ह्याट्रिक

May 15th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,जेठ १

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४-३ गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन फेरन टोरेसले ह्याट्रिक र जोओ क्यान्सलोले एक-गोल गरे ।न्युकासलका ईमिल क्राफ्ट,जोएलटन र जो विलोकले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता न्युकासलले लिएको थियो । खेलको २५ औं मिनेटमा न्युकासलका ईमिल क्राफ्टले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।खेलको ३९ औं मिनेटमा सिटीका जोओ क्यान्सलोले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४२ औं मिनेटमा सिटीका फेरन टोरेसले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

पहिलो हाफको इन्जुरी समयमा न्युकासलका जोएलटनले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

दोस्रो हाफको ६२ औं मिनेटमा न्युकासलका जो विलोकले गोल गर्दै टोलीलाई ३-२ ले अघि बढाए।

तर,खेलको ६४ औं मिनेटमा सिटीका फेरन टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ को बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६६ औं मिनेटमा फेरन टोरेसले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे र टोलीलाई ४-३ को जित दिलाए ।

जितसंगै सिटीले ३६ खेलबाट ८३ अंक जोडेको छ र शीर्ष स्थानमा छ । पराजित न्युकासलको ३६ खेलबाट ३९ अंक छ र १६ औं स्थानमा छ ।म्यानचेस्टर सिटीले यस अघि नै तीन खेल बाँकी छहदै उपाधि जितेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi