neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जर्मन कपको उपाधि बोरुसिया डर्टमण्डलाई

जर्मन कपको उपाधि बोरुसिया डर्टमण्डलाई

May 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३१ फागुन


बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ ।बिहीबार राति भएको फाइनल खेलमा आरबी लेपजिगलाई ४-१ ले पराजित गर्दै बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको हो ।

डर्टमण्डलाई जित दिलाउन जादोन सान्चो र इरलिंग हालान्डले दुई दुई गोल गरे ।आरबी लेपजिगका डानि ओल्मोले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता डर्टमण्डले लिएको थियो । खेलको पाँचौं जादोन सान्चोले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।२८ औँ मिनेटमा इरलिंग हालान्डले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

पहिलो हाफको इन्जुरी समयमा जादोन सान्चोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

दोस्रो हाफको ७१ औं मिनेटमा आरबी लेपजिगका डानि ओल्मोले गोल गर्दै टोलीलाई ३-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा डर्टमण्डका इरलिंग हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए ।

जितसंगै डर्टमण्डले पाँचौ पटक जर्मन कप फुटबलको उपाधि जितेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi