neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ला लिगा फुटबलमा रियल मड्रिडको सानदार जित

ला लिगा फुटबलमा रियल मड्रिडको सानदार जित

May 14th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३१ फागुन

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सानदार जित निकालेको छ ।बिहीबार राति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई ४-१ गोलले पराजित गरेको हो।

रियललाई जित दिलाउन लुका मोड्रिक,रोड्रिगो,इल्वारो ओड्रिजोला र करीम बेंजामाले एक-एक गोल गरे । ग्रानडाको जर्ज मोलिनाले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता रियलले लिएको थियो । खेलको १७ औं मिनेटमा लुका मोड्रिकले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

दोस्रो हाफको ७१ औँ मिनेटमा ग्रानडाका जर्ज मोलिनाले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा इल्वारो ओड्रिजोला र ७६ औं मिनेटमा करीम बेंजामाले गोल गर्दै टोलीलाई ४-१ को शानदार जित दिलाए ।

जितसंगै रियलले ३६ खेलबाट ७८ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित ग्रानडाको ३६ खेलबाट ४५ अंक छ र १० औं स्थानमा छ ।रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंगको दुरी दुई अंकमा झारेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi