neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बाईकमान्डु नेपालद्वारा करिब ६ सय भोका कुकुरलाई खाना

बाईकमान्डु नेपालद्वारा करिब ६ सय भोका कुकुरलाई खाना

May 13th, 2021

आधारभूमि संवाददाता
ललितपुर, ३० वैशाख
बाईकमान्डु नेपालले आज करिब ६ सय भोका कुकुरलाई खाना खुवाएको छ । बाइकमाण्डुले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा गएर सडकमा अलपत्र रहेका भोका कुकुरहरुलाई खाना खुवाएको हो । आज हामीले करिब ६ सय कुकुरलाई खाना खुवाएका छौँ, बाइकमाण्डु नेपालका गौरव बस्नेतले भने। हामीले मुख्यतया खान समस्या भएका मानिसहरुलाई खाना खुवाउने योजना बनाएका छौ र यसका लागि हामी सहयोग जुटाइरहेका छौँ । आगामी दिन पनि अलपत्र परेका मानिसहरु र जनावरहरुलाई खाना खुवाउने योजना रहेको बस्नेतले जानकारी दिए ।

त्यस्तै बाईकमान्डु नेपाललाई कपन वडा नं. ११ का वडा प्रमुख राजु अधिकारि र वडा सदस्य बिनोद कुमार तामाङले स्वस्थ्य र खाद्य सामग्री सहयोग गरेका थिए र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने समेत बताए ।

बाइकमाण्डुले गत हप्ता फ्रन्टलाईनमा खटिने ट्राफिक प्रहरी र प्रहरीलाई सहयोग गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi