neapl investment mega bank
  • गृहपृष्ठ
  • आयात बढ्दा मुलुकबाट बाहिरिने रकम बढ्यो, सोधनान्तर स्थिती ४२ अर्बमा सिमित

आयात बढ्दा मुलुकबाट बाहिरिने रकम बढ्यो, सोधनान्तर स्थिती ४२ अर्बमा सिमित

May 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३० फागुन

महामारीका बिचमा पनि केहि समय यता देखि आयात बढेको थियो ।जसका कारण मुलुकबाट ठूलो रकम बाहिरिएको थियो । गत चैत मसान्तसम्ममा मात्रै वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई ११ खर्ब ११ अर्ब ४० करोड पुगेको छ । यता निर्यात भने यहि समयमा ९४ अर्ब ७७ करोडको मात्रै भएको छ ।

यसरी बढ्दो अयाातका कारण देशको सोधनान्तर स्थितीमा भने असर पुगेको छ । गत पुष मसान्तसम्ममा १ खर्ब २४ अर्बले बचतमा रहेको सोधनान्तर स्थिती अहिले ४२ अर्ब २४ करोडले बचतमा रहेको उल्लेख गरेको छ । यद्यपि यो रकम गत वर्षको यहि समयको तुलनामा भने भने बढि हो । किनभने गत वर्षको चैत मसान्तमा यस्तो रकम ३४ करोड ८१ लाखले बचमा रहेको थियो ।

बस्तु आयातका लागि बाहिरिने रकम बढ्दो छ । तर निर्यात तथा पर्यटन बापतको आयसँगै बैदेशिक लगानीमा कमि आएको छ, जसका कारण सोधनान्तर स्थिती घट्दै गएको हो ।

खुद सेवा आय ४९ अर्ब १३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १ अर्ब ८ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत चैत सम्ममा भ्रमण आय ९०.२ प्रतिशतले कमी आई ५ अर्ब ५४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ६८ करोड रहेको थियो ।

सेवा खाता अन्तर्गत चैतसम्ममा भ्रमण व्यय ४७.० प्रतिशतले कमी आई २६ अर्ब ७५ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय २१ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५० अर्ब ४७ करोड रहेकोमा शिक्षातर्फको व्यय २४ अर्ब ६० करोड रहेको थियो ।

पर्यटन क्षेत्रबाट प्राप्त हुने आय ९०.२ प्रतिशतले कमी आई ५ अर्ब ५४ करोड कायम भएको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५६ अर्ब ६८ करोड रहेको भएको थियो ।

यसैबिचमा प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड कायम भएको छ । जबकी गत वर्ष यस्तो लगानी १६ अर्ब ४८ करोड रहेको थियो । यद्यपि महामारीकै बिचमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ७ खर्ब २९ अर्ब २ करोड पुगेको छ , जसले सोधनान्तर स्थिती घाटामा जान अहिलेसम्म थेगेको छ ।

अघिल्लो वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.९ प्रतिशतले घटेको थियो ।