neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पीएसजी फ्रेन्च कप फुटबलको फाइनलमा

May 13th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,३० वैशाख

पीएसजी फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा (पेरिस सेन्ट जर्मेन) पीएसजीले मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६-५ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

निर्धारित् र अतिरिक्त समयमासमेत दुवै टोलिबाट २–२ गोलको बराबरी भएपछि भएको टाइब्रेकरमा पीएसजीले बाजी मारेको हो ।जसमा पीएसजी ६–५ ले विजयी भयो ।

पीएसजीका लागि पेनाल्टी सुटआउटमा एन्जेल डि मारिया, नेमार, जुलियन ड्रक्सलर,लिन्ड्रो डानिल,मार्क्विनहोस र केमोइज केनले गोल गरे । मोन्टपेलियरका जुनियर साम्बिया पेनाल्टीमा गोल गर्न चुकेपछि उपाधि पीएसजीले जितेको हो ।

टाइब्रेकर अघि पहिलो अग्रता पीएसजीले लिएको थियो ।खेलको १० औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।तर,खेलको ४५ औं मिनेटमा मोन्टपेलियरका गाएटान लबोर्देले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ५० औं मिनेटमा पीएसजीका केलियन एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।तर,खेलको ८३ औं मिनेटमा मोन्टपेलियरका एन्डी डेलोर्टले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

पीएसजीले अब फाइनलमा मोनाको र भालियर्सबीचको विजेतासँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi