neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपप्रधानमन्त्रीबाट पार्टी कार्यालयमा चौलागाईंलाई श्रद्वाञ्जली अर्पण, एमालेले तीन दिन शोक मनाउने

उपप्रधानमन्त्रीबाट पार्टी कार्यालयमा चौलागाईंलाई श्रद्वाञ्जली अर्पण, एमालेले तीन दिन शोक मनाउने

May 12th, 2021

काठमाडौं, २९ बैशाख

उपप्रधानमन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीका केन्द्रीय सदस्य पशुपति चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गर्नुभएको छ ।

नेकपा एमालेको थापाथलीस्थित पार्टी कार्यालयमा पुगेर उपप्रधानमन्त्री पोखरेलले आज चौलागाईंप्रति श्रद्वाञ्जली अर्पण गर्नुभएको हो । ‘नेकपा एमालेभित्र निष्ठाका साथ आफ्नो सम्पूर्ण जीवन बिताउनुहुने एकजना असल नेता पार्टीले गुमाएको छ । तीन दिन अघिमात्रै स्वास्थ्यका बारेमा मैले उहाँसँग गरेको कुराकानी अहिलेजस्तो लागिरहेको छ, लामो समयदेखि रहँदै आएको कमरेडली सम्बन्धलाई म कहिल्यै बिर्सने छैन् ।’– एमाले महासचिव समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको छ ।

बागमती प्रदेश सभाका सदस्य समेत रहनुभएका चौलागाईंको निधनमा नेकपा एमालेले आजबाट तीन दिनसम्म शोक मनाउने भएको छ । केन्द्रीय कार्यालयमा श्रद्वाञ्जली अर्पण गर्न दिवंगत नेता चौलागाईंको तस्वीर र शोक पुस्तिका राखिएको छ । यसैगरी, केन्द्रीय कार्यालयसहित देशभरका कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने भएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

२०१६ साल फागुनमा दोलखामा जन्मनुभएका चौलागाईंले २०३८ साल मंसिर ८ गते पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । पार्टीको तत्कालिन युवा संघको केन्द्रीय अध्यक्ष, नेकपा (एमाले) को दोलखा जिल्ला कमिटी अध्यक्ष, बागमती अञ्चल कमिटी सचिव, इन्चार्ज हुँदै पार्टीको पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो । कोभिड १९ संक्रमणका कारण मंगलबार उहाँको काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा निधन भएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi