आधारभूमि संवाददाता
काठमाडौँ, २९ वैशाख
बुधवार थप ९ हजार ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा २० हजार ७८६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या चार लाख २२ हजार ३४९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २० हजार ७८६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५१७ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ जना छन् । हालसम्म २६ लाख ९३ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ।
थप ४४४४ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ४४४४ जनाले कोरोना जितेका छन् ।
यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या तीन लाख १६ हजार ४६३ पुगेको छ ।
थप १६८ को मृत्यु
पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार हजार २५२ पुगेको छ।