neapl investment mega bank
  • गृहपृष्ठ
  • शुक्रराज अस्पतालमा किट अभावले पिसिआर टेष्ट रोक

शुक्रराज अस्पतालमा किट अभावले पिसिआर टेष्ट रोक

May 11th, 2021

काठमाडौँ, २८ वैशाख /रासस

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताउनुभयो । उहाँले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताउनुभयो ।

“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उहाँका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।