neapl investment mega bank
  • गृहपृष्ठ
  • नर्भिकमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता खनाल डिस्चार्ज हुने

नर्भिकमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता खनाल डिस्चार्ज हुने

May 11th, 2021

काठमाडौ, बैशाख २८

कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई आज डिस्चार्ज हुुने भएकाछन । बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना हुनुभएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।

नर्भिकमा भर्ना भएपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको थियो । यही क्रममा २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो ।

चिकित्सकहरुको सल्लाहअनुसार खनाल आज डिस्चार्ज हुुन लागेका हुुन । नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।