neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्रोत नखुलेको भारतीय रुपैयाँ सहित चौधरी पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित चौधरी पक्राउ

May 10th, 2021

बर्दिया, बैशाख २७

राजापुर नगरपालिका–४ सत्तीघाटबाट स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय रुपैयाँ सहित कैलाली टिकापुर नगरपालिका–१ बस्ने २९ वर्षीय गोपाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कैलालीबाट राजापुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्र.०१००८ प ८१४५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त स्रोत नखुलेको भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट १ थान ल्यापटप, १ थान मोबाईल र थान सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ ।
उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi