neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रेनससँग बराबरीमा रोकियो पीएसजी

May 10th, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २७

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा पीएसजीले रेनससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा पीएसजीको लागि नेयमारले एक गोल गरे भने रेनसको लागि सेरहु गुइरासीले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने पीएसजीलेनै लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, दोस्रो हाफको ७० औं मिनेटमा रेनसका सेरहु गुइरासीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ८७ औँ मिनेटमा पीएसजीका प्रिन्टल किम्पेम्बेले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो।

त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र खेल बराबरीमा रोकिएको हो ।

बराबरी सँगै पीएसजीले ३६ खेलबाट ७६ अंक जोडेको छ र दोस्रो स्थानमा छ।रेनसको ३६ खेलबाट ५५ अंक छ र सातौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi