neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • रियलले शीर्ष स्थानमा उक्लने मौका गुमायो

रियलले शीर्ष स्थानमा उक्लने मौका गुमायो

May 10th, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २७
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल मड्रिडले सेभिलासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा रियल मड्रिडको लागि मार्को एसेन्सिओ र इडन हजार्डले एक-एक गोल गरे भने सेभिलाको लागि फर्नान्डो र इवान राकिटिकले एक-एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने सेभिलालेनै लिएको थियो। खेलको २२ औं मिनेटमा सेभिलाका फर्नान्डोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६७ औं मिनेटमा रियल मड्रिडका मार्को एसेन्सिओले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ७८ औं मिनेटमा सेभिलाका इवान राकिटिकले पेनाल्टीमा गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए।

तर, इन्जुरी समयमा रियल मड्रिडका इडन हजार्डले गोल गर्दै खेल बराबरीमा फर्काए र रियललाई हारबाट जोगाए । ।

बराबरी सँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।रियलले ३५ खेलबाट ५५ अंक जोडेको छ र दोस्रो स्थानमा छ।सेभिलाको ३५ खेलबाट ७१ अंक छ र चौंथो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi