neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

युभेन्ट्स मिलानसँग पराजित

May 10th, 2021

धारभुमि संवाददाता

काठमाडौं, बैशाख २७
इटालियन सिरी (ए) फुटबलमा युभेन्ट्सले हार व्यवरेको छ । आइतबार राति भएको खेलमा एसी मिलानले युभेन्ट्सलाई उसकै मैदानमा ३-० गोलले पराजित गरेको हो ।

एसी मिलानलाई जित दिलाउन ब्राहिम डियाज , एन्ट रेबिक र फिकायो टोमोरीले एक एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा ब्राहिम डियाजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ७८ औं मिनेटमा एन्ट रेबिकले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।त्यसपछि खेलको ८२ औं फिकायो टोमोरीले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसंगै एसी मिलानले ३५ खेलबाट ७२ अंक जोडेको छ र तेस्रो स्थानमा उक्लिएको छ । पराजित युभेन्ट्सको ३५ खेलबाट ६९ अंक छ र पाँचौं स्थानमा छ ।शीर्ष स्थानको इन्टर मिलानको ३५ खेलबाट ८५ अंक छ । दोस्रो स्थानको एट्लान्टाको ३५ खेलबाट ७२ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi