neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बाईकमान्डु नेपालद्वारा फ्रन्टलाईनमा खटिने ट्राफिक प्रहरी र प्रहरीलाई सहयोग

बाईकमान्डु नेपालद्वारा फ्रन्टलाईनमा खटिने ट्राफिक प्रहरी र प्रहरीलाई सहयोग

May 9th, 2021

आधारभुमि संवाददाता

काठमाडौं, बैशाख २६

बाईकमान्डु नेपालले दोश्रो लहरको कोरोनाको संक्रमणको जोखिमलाई न्युनिकरण गर्न फ्रन्ट लाईनमा खटिने ट्राफिक प्रहरी,प्रहरी साथै बिकास निर्माणमा खटिने मजदुरलाई आईतबार स्वास्थ्य सामाग्री तथा खानेकुरा ,पानी र जुस सहयोग गरेको छ ।

बाईकमान्डुको अनुसार कोभिड-१९ को जोखिमलाई समेत ख्याल नगरी फ्रन्ट लाईनमा बसि अहोरात्र खटिरहेने ट्राफिक प्रहरी ,प्रहरी साथै बिकास निर्माणमा खटिने मजदुरलाई मास्क, सेनिटाईजर, पन्जा ,खानेकुरा लगायत कुकिज बिस्कुट,जुस,मिनरल वाटर लगायतका सामाग्रीहरु सहयोग गर्दै सो अभियान शुरु गरिएको हो।

आज करिब २७ हजार बराबरको स्वस्थ्य र खाद्य सामग्री बितरण गरिएको र आगामी दिनमा पनि संकलन गरिएको रकमले कोरोना विरुद्धको लडाइँमा खटिएका फ्रन्टलाइनरहरुलाई सहयोग गर्दै जाने बाईकमान्डुले आधारभुमिलाई जानकारी दिएको छ ।

बाईकमान्डुले सहयोग गर्न राहत कोष स्थापना गरेको छ।सहयोग गर्न चाहनेले हिमालय बैंकको (पाटन शाखा) खाता नम्बर ००६०८२८३१३००११ मा रकम जम्मा गर्न सकिने बाईकमान्डुले जनाएको छ । साथै यी नम्बरहरुमा सम्पर्क गर्न सकिन्छ ।

-९८६३३२८२२४-जोहन परियार
– ९८४५३८६९७२-मङल. बा .बि.क
– ९८४३०४२७११-गौरव बस्नेत

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi