neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

काउण्टर कै कर्मचारीबाट यात्रु ठगी

May 9th, 2021

काठमाडौ, बैशाख २६

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परि उपत्यका बाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउण्टरका कर्मचारीहरुले छ गुणा बढि सम्म भाडा लिई ठगी गर्ने गरेको पाइएको छ ।

दैनिकजसो बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न काउण्टरका कर्मचारीहरु नै ट्राफिक प्रहरीको फन्दामा पर्दै आएका छन । यसले महामारीको अबस्थामा मौकाको फाइदा लिने समुह सक्रिय रहेको देखाउछ । हालसम्म महाशाखाले एक्काईस जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याएको छ ।

निषेधाज्ञा लागु भएपछि अत्याबश्यक काम बिशेष र बिदेशबाट आई बाहिरी जिल्ला फर्किने यात्रुहरुसँग तोकिएको भन्दा बढि भाडा लिनेलाई कारबाहि गर्न डेडिकेटेड सिभिल टोली समेत परिचालन गरेका छौं । टोलीले त्यस्ता स्थान तथा काउण्टरहरुमा गई निग्रानी गर्ने, यात्रुको भेषमा भाडा बार्गेनिङ्ग गर्ने, गोप्यरुपमा बुझ्ने र यात्रुसँग सोधपुछ गर्ने गर्दछ, टोलीले आजमात्रै चार जनालाई पक्राउ गरि कारबाहिको दायरामा ल्याएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

हामी निरन्तर अनुगमन एब गोप्य निग्रानी गरिरहेका छौं, तोकिएको भन्दा बढि भाडा लिएको पाइए जोसुकैलाई नियन्त्रणमा लिन्छौं, पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढि भाडा लिएको कसुरमा पक्राउ पर्नु सोचनिय बिषय रहेको र यातायात व्यबसायीहरुको समेत यसतर्फ बिशेष ध्यान जानुपर्ने उनले बताए । निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले काठमाण्डौंको ढुङ्गेधाराबाट बझाङ्ग जयपृथ्बी न.पा. ८ का बर्ष २४ को योगेन्द्र बोहोरा र बर्ष ३० का आकाश बिष्टलाई पक्राउ गरेको हो । ना८ख८४९४ नम्बरको शुभ बिहानी यातायात मार्फत धनगढी जाने यात्रुसँग तोकिएको भन्दा बढि भाडा लिएका हुन ।

त्यसैगरि थाहा न.पा. ३ हेटौडा घर भई बालाजु बस्ने बर्ष ३२ को अमृत बिष्ट र गोर्खा घर भई मित्रनगर बस्ने बर्ष ४५ को सोम बहादुर गुरुङ्गलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो । उनीहरुले धनगढी जाने यात्रुसँग प्रति ब्यक्ति चार हजार देखि पैतालिस सयसम्म लिने गरेको महाशाखाले जनाएको छ ।
पक्राउ परेका चार जनालाई आबश्यक कारबाहीको लागी प्रहरी बृत्त बालाजुमा बुझाएको महाशाखाले जनाएको छ । महाशाखाले अत्यावश्यक परि यात्रा गर्नुपरेमा टिकट काटेर मात्र यात्रा गर्न र तोकिएको भम्दा बढि भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi